ad ad

ग्लोबल


एनआरएनएको १२ औं युरोपेली बैठक ईटालीमा

एनआरएनएको १२ औं युरोपेली बैठक ईटालीमा

नेपालखबर
साउन १८, २०७६ शनिबार १५:०,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक लगानी र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित इटालीमा सुरु भएको छ। युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागिता रहेको दुई दिने बैठक आजदेखि सुरु भएको हो।

इटालीको रोममा आयोजित  बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैर आवासीय नेपालीहरुलाई  नेपालको सद्भावना दूत भन्दै उनीहरुको योगदानको प्रशंसा गरे। सरकार लगानी भित्र्याउन प्रतिबद्ध रहेको भन्दै उनले गैर आवासीय नेपालीहरुलाई लगानी तथा पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरे।

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले गैर आवासीय नेपालीहरु नेपाल र युरोपबीच पूल भएको बताए। उनले नेपालले युरोपबाट सिक्नु पर्ने कुरा धेरै रहेको भन्दै मानव अधिकार, प्रेस स्वतन्त्रताको क्षेत्रमा  नेपाल पछाडी फर्कन लागेको हो कि भन्ने आशंका व्यक्त गरे।

 गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो,  पूर्व अध्यक्षहरु जीवा लामिछाने, डा शेष घले लगायतका वक्ताले युवा र महिलालाई बढी सक्रिय बनाउदै संघलाई अगाडि बधाउन आह्वान गरे।

बैठकमा नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे छलफल, युरोप क्षेत्रका लागि छुट्टै राहत कोष लगायतका विषयहरुमा छुट्टाछुट्टै छलफल हुनेछ।

nrn convention1

बैठकमा जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल, बेल्जियमका लोकबहादुर थापा,फ्रान्सका दीपक अधिकारी, डेनमार्कका युवनाथ लक्साल,अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरेको उपस्थिति रहेको छ।

यस्तै स्वीट्जरल्याण्डबाट उपनियोगप्रमुख तिर्थराज वाग्ले, स्पेनबाटकार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतस्थित नेपाली दूताबासबाट द्वितीय सचिव लव सुवेदी उपस्थित छन्।

गत शुक्रबार बेलुका नेपाल भ्रमण वर्ष–२०२० युरोपको शुभारम्भ गरिएको थियो । कार्यक्रममा इटलीका पर्यटन व्यवसायी, कूटनीतिक अधिकारी तथा युरोपमा बसिरहेका  गैरआवासीय नेपालीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .