ad ad

ग्लोबल


कंगोको सुनखानीमा पहिरो जाँदा ५० जनाको मृत्यु

कंगोको सुनखानीमा पहिरो जाँदा ५० जनाको मृत्यु

नेपालखबर
भदौ २८, २०७७ आइतबार ०:५१,

कंगोको एउटा सुनखानीमा पहिरो जाँदा कम्तीमा पनि ५० जना कामदारको मृत्यु भएको छ।

धेरै दिनदेखिको भारी वर्षापछि सुनखानीमा पहिरो गएको अधिकारीहरुले जनाएका छन्। कंगोको दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार घटना भएको हो।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन्। ‘पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

 प्रान्तीय प्रशासक कासीले उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेको जनाएका छन्।

खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेपछि पहिरो गएको हो। घटनापछि त्यहाँ दुई दिने शोकको घोषणा गरिएको छ। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .