बेलायतको राजधानी लन्डनको दक्षिण पूर्व अवस्थित प्लमस्टेड बजारमा एक पुरुषको छुरा प्रहारबाट मृत्यु भएको छ।
प्रहरी स्टेसनबाट करीब ५० मिटर टाढा प्लमस्टेड हाईस्ट्रीटमा शुक्रबार बिहान सो घटना भएको हो।
तत्काल घटनास्थल पुगेका प्रहरी अधिकारीले एम्बुलेन्सलाई खबर गरेका थिए। स्थानीय समय अनुसार बिहान ६ः१८ बजे उद्धारकर्मी घटनास्थल पुगेका थिए।
आपतकालीन सेवाका उद्धारकर्मीहरुको प्रयासका बाबजुद घाइतेको करीब ७ बजे मृत्यु भएको थियो। मृतक अश्वेत हुन सक्ने अनुमान गरिएको छ।
घटना पश्चात प्रहरीले सडकलाई ‘कर्डन अफ’ गरी करीब ८ घन्टा ट्राफिक डाइभर्सन गरेको थियो। सडक बन्द भएको कारण यातायात प्रभावित भएका थिए।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ भने कोही घटनाको साक्षि भए जानकारी गराउन अपिल गरेको छ।
घटनास्थलमा सुरक्षाका लागि खटिएका एक प्रहरी अधिकारीलाई नेपालखबरले जानकारी माग्दा घटनाको अनुसन्धान भै रहेकोले धेरै कुरा बताउन नमिल्ने बताए। उनले ति व्यक्तिको हत्या भएको जानकारी दिए।
उक्त क्षेत्रमा नेपाली लगायत दक्षिण एशियाली र अफ्रिकी मूलका आप्रवासीहरुको बाक्लो बस्ती रहेको छ। साे स्थानमा आपराधिक घटनाहरु बारम्बार हुने गरेका छन्।
प्रतिक्रिया