ad ad

ग्लोबल


मलेसियाबाट १ हजार बढी नेपाली फर्किने, को–को आउँदै छन् स्वदेश? (नामसहित)

मलेसियाबाट १ हजार बढी नेपाली फर्किने, को–को आउँदै छन् स्वदेश? (नामसहित)

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:४१,

मलेसियाबाट १ हजार बढी नेपाली फर्किने भएका छन्। प्राथमिकताअनुसार एक हजार ५ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो।

कोरोना संक्रमणको जोखिमका कारण रोजगारी गुमाएका र घर फर्किनैपर्ने अवस्थामा रहेकाहरुलाई सरकारले फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कुवेत, युएई र म्यान्मारबाट ५ सय बढी नेपाली फर्किसकेका छन्।

तर मलेसियामा भने आगामी सातादेखि उडान गर्ने तालिका तय भएको छ। फर्किनेहरुले टिकटको रकम कम्पनीले नदिए आफैं तिर्नुपर्नेछ। दूतावासमा कारण खुलाएर फर्किन आवेदन दिएकाहरुलाई सोहीअनुसार प्राथमिकतामा राखिएको छ।

मलेसियाबाट पहिलो उडान सोमबार हुँदैछ। पहिलो दिन मलेसियाबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ। आगामी बिहीबार हिमालय एयरलाइन्स, जुन २० मा नेपाल एयरलाइन्स र २१ मा पुनः हिमालयन एयरलाइन्सले उडान गर्ने तयारी भएको छ।

सरकारले भाडादर भने नियमितभन्दा चार गुणा बढीसम्म तोकेको छ। मलेसियाका लागि एकतर्फी भाडा ५२० अमेरिकन डलर (६३ हजार रुपैयाँ) तोकिएको छ।

यी हुन् फर्किने सूचीमा रहेका नेपालीहरु -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .