इरानी सेनाले अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी जारी राखे बदला लिइने चेतावनी दिएको छ।
इरानी सेनाको कमान्ड सेन्टरले विज्ञप्ति जारी गरी अमेरिकालाई जवाफ दिइने चेतावनी दिएको हो।
उक्त विज्ञप्ति इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीलगायत इरानका सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, यदि अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुद्री लुटपाट र र डकैती जारी राख्यो भने इरानी सेनाबाट जवाफको सामना गर्नुपर्नेछ।
यही अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ। यस क्रममा अमेरिकाले धेरैवटा जहाज नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।
177
Shares

प्रतिक्रिया