ग्लोबल


पहिलोपटक महिलालाई सेना प्रमुख बनाउँदै अस्ट्रेलिया

पहिलोपटक महिलालाई सेना प्रमुख बनाउँदै अस्ट्रेलिया

लेफ्टिनेन्ट जनरल सुसान कोयल


नेपालखबर
चैत ३०, २०८२ सोमबार १५:३६, काठमाडौँ

अस्ट्रेलियाले पहिलोपटक देशको सेना प्रमुख महिलालाई बनाउने निर्णय गरेको छ। 

लेफ्टिनेन्ट जनरल सुसान कोयलले आगामी जुलाईदेखि अस्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन्।

अस्ट्रेलियाली सरकारका अनुसार कोयलले लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्टको स्थान लिने भएकी हुन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले देशको सेनाको १२५ वर्षको इतिहासमा पहिलोपटक महिलालाई सेना प्रमुख नियुक्त गर्ने भएका हुन्। 

रक्षामन्त्री रिचर्ड मार्ल्सले यसलाई ऐतिहासिक क्षण भन्दै यो निर्णय महिलाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्। 

५५ वर्षीया कोयल १९८७ देखि सेनामा कार्यरत छिन् भने यसबिच उनले धेरैवटा वरिष्ठ पद सम्हालिसकेकी छन्।

हाल अस्ट्रेलियाली रक्षा बलमा महिलाको प्रतिनिधित्व लगभग २१ प्रतिशत छ। यसलाई २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

हालैका वर्षमा सेनाभित्र यौन उत्पीडन र भेदभावको आरोप लागेका बेला यो निर्णयलाई महत्त्वपूर्ण मानिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad