ग्लोबल


इरानको इस्फहान विश्वविद्यालयमा दोस्रोपटक हवाई हमला

इरानको इस्फहान विश्वविद्यालयमा दोस्रोपटक हवाई हमला

नेपालखबर
चैत १६, २०८२ सोमबार ८:५, काठमाडौँ

एक महिनाअघि अमेरिका–इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्ध थप चर्किरहेका बेला आइतबार इरानको मध्य सहर इस्फाहानस्थित एक विश्वविद्यालयमा दोस्रोपटक हवाई हमला भएको छ।

फार्स समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गरी दिएको समाचारमा इस्फाहान युनिभर्सिटी अफ टेक्नोलोजी दोस्रोपटक हवाई आक्रमणमा परेको उल्लेख छ। 

‘प्रारम्भिक विवरणअनुसार विश्वविद्यालयको एउटा अनुसन्धान संस्थामा भएको आक्रमणबाट अन्य धेरै भवनमा क्षति पुगेको छ भने विश्वविद्यालयका चार कर्मचारी सामान्य घाइते भएका छन्’, विज्ञप्तिमा भनिएको छ।

यसअघि अमेरिकासँग इरानका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा इजरायलबाट हुने आक्रमण रोक्न माग पनि गरिएको थियो।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनौँ विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू प्रभावित भएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad