इरानले दक्षिणी इजरायलमा रहेको एक केमिकल क प्लान्टमा आइतबार क्षेप्यास्त्र प्रहार गर्दा भीषण आगलागी भएको छ।
जसले त्यस क्षेत्रमा विषाक्त चुहावटको जोखिम सिर्जना गरेको छ। घटनामा एक व्यक्ति घाइते पनि भएका छन्।
बियर सेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा आक्रमण गरिएको हो।
आक्रमणपछि अधिकारीहरूले प्लान्टमा खतरनाक रसायन भएका कारण स्थानीयलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न सल्लाह दिएका छन्।
इजरायलको सरकारी मिडिया कान, च्यानल १२ र टाइम्स अफ इजरायलले बेरसेबा सहरको दक्षिणमा रहेको नियोट होभाभ औद्योगिक परिसरबाट बाक्लो, गाढा धुवाँ निस्किरहेको भिडिओ सार्वजनिक गरेका छन्।
807
Shares

प्रतिक्रिया