ग्लोबल


ट्रम्पले इरानविरुद्ध स्थलगत आक्रमणको तयारी गरिरहेको दाबी

ट्रम्पले इरानविरुद्ध स्थलगत आक्रमणको तयारी गरिरहेको दाबी

'यूएसएस त्रिपोली' (फाइल फोटो)


नेपालखबर
चैत १५, २०८२ आइतबार १४:२, काठमाडौँ

अमेरिकाले इरानमा हप्तौँसम्म स्थलगत आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ। 

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थलगत सेना पठाउने योजना अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भइनसकेको अंग्रेजी अखबार वासिङ्टन पोस्टले उल्लेख गरेको छ। 

अमेरिकी सैनिक

अमेरिकी केन्द्रीय कमान्डले शनिबार नै युद्धपोत ‘यूएसएस त्रिपोली’ सम्बन्धित क्षेत्रमा पुगिसकेको बताएको छ।

सामाजिक सञ्जालको एक पोस्टमा लेखिएको छ, ‘जहाजमा लगभग ३ हजार ५०० नाविक र नौसैनिक छन्, जसमा यातायात र स्ट्राइक लडाकु विमान पनि छन्।’

चार हजारभन्दा बढी नौसैनिक जहाजमा खाडीतिर लागेका छन् भन्ने विश्वास गरिएको छ। र, ८२औँ एयरबोर्न डिभिजनका प्याराट्रूपर पनि तयारी अवस्थामा छन्।

यसैबिच मध्यपूर्वको अवस्थाबारे छलफल गर्न तीन देश (इजिप्ट, साउदी अरेबिया र टर्की) का विदेशमन्त्री पाकिस्तानमा भेला भएका छन्।

पाकिस्तानले अमेरिका र इरानबिच वार्ता आयोजना गर्ने प्रस्ताव गरेको छ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी युद्धको सुरुवात गरेका हुन्। 

पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए।

त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad