संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा रोकिएको क्षेप्यास्त्रको टुक्राले लागेर दुई जनाको मृत्यु भएको छ।
अबुधाबी सञ्चार कार्यालयका अनुसार वायु रक्षा प्रणालीले रोकेको ब्यालिस्टिक क्षेप्यास्त्रको टुक्राले लागेर उनीहरूको मृत्यु भएको हो। मृतकको परिचय अहिलेसम्म खुलाइएको छैन।
घटनामा अन्य तीन जना घाइते भएको पुष्टि भएको छ र धेरै कार क्षतिग्रस्त भएको बताइएको छ।
यूएईका अनुसार क्षेप्यास्त्र इरानबाट प्रहार गरिएको हो।
बीबीसी दक्षिण एसिया संवाददाता आजादेह मोसिरीले अबुधाबीबाट खाडी क्षेत्रमा भएका आक्रमणबाट यूएई सबैभन्दा बढी प्रभावित भएको जनाएका छन्।
उनका अनुसार यूएईमा इरानले अहिलेसम्म २,१०० भन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ।
यद्यपि रक्षा मन्त्रालयले धेरैजसो क्षेप्यस्त्र/ड्रोन रोकिएको बताएको छ।
Shares

प्रतिक्रिया