ग्लोबल


मारिए इरानी आईआरजीसीका प्रवक्ता पनि

मारिए इरानी आईआरजीसीका प्रवक्ता पनि

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १९:३९, काठमाडौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी इरानमा अमेरिका-इजरायलको आक्रमणमा मारिएका छन्।

आईआरजीसी सम्बद्ध समाचार एजेन्सी फार्सका अनुसार, अली मोहम्मद नैनीले चार दशकदेखि आईआरजीसीमा संलग्न थिए भने दुई वर्षदेखि यसको प्रवक्ता थिए।

इजरायल रक्षा बल (आईडीएफ) ले एक्समा।अली मोहम्मद नैनीको हत्या भएको घोषणा गरेको छ।

इजरायली सेनाले इरानको राजधानी तेहरानमा निरन्तर बमबारी गरिरहेको छ।

निरन्तर बमबारी भए पनि इरानले क्षेप्यास्त्र उत्पादन जारी राखेको र यसको क्षेप्यास्त्र भण्डारमा कुनै उल्लेखनीय समस्या नभएको दाबी गरेको छ।

यसैबिच अमेरिका र इजरायलले आफ्नो आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादन क्षमता कमजोर बनाएको बताएका छन्।

यसअघि अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरिसकेको छ भने केही दिनअघि मात्र इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको हत्या गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad