ग्लोबल


ट्रम्पले आग्रह गरेपछि इरानको ‘साउथ पार्स ग्यास फिल्ड’मा आक्रमण स्थगन गर्‍यौँ: इजरायल

ट्रम्पले आग्रह गरेपछि इरानको ‘साउथ पार्स ग्यास फिल्ड’मा आक्रमण स्थगन गर्‍यौँ: इजरायल

बुधबार इरानको साउथ पार्स ग्यास फिल्डमा हवाई आक्रमण हुँदाको दृश्य


नेपालखबर
चैत ६, २०८२ शुक्रबार ७:५१, काठमाडौँ

मध्यपूर्वमा जारी युद्धका बिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको साउथ पार्स ग्यास फिल्डमा बुधबार गरिएको आक्रमण आफ्नो देश एक्लैले गरेको बताएका छन्।

बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा उनले साउथ पार्स ग्यास फिल्डमा हमला गर्दा अमेरिका संलग्न नरहेको बताएका हुन्। 

यसैबिच उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि यस्ता आक्रमण रोक्न आग्रह गरेको र इजरायलले त्यसको पालना गरिरहेको पनि बताए।

नेतन्याहुले भने, ‘ट्रम्पले हामीलाई अब यस्ता आक्रमण नगर्न आग्रह गरेका छन् र हामीले हाल त्यसलाई रोकेका छौँ।’

यो आक्रमणलाई युद्धमा ठुलो मानिन्छ, किनकि यसअघि इजरायलले इरानको तेल र ग्यास उत्पादन क्षेत्रलाई प्रत्यक्ष रूपमा हमला गरेको थिएन।

ग्यासमा आक्रमणपछि इरानले खाडी देशहरूमा रहेका ऊर्जा पूर्वाधारलाई लक्ष्य गर्ने चेतावनी दिएको छ र कतारको रास लाफान ग्यास प्लान्टमा भीषण हमला गरेको छ।

जसका कारण विश्व ऊर्जा बजारमा ग्यास र तेलको मूल्य बढेको छ। 

विज्ञहरूका अनुसार ऊर्जा क्षेत्रमा आक्रमण जारी रह्यो भने यसले विश्वव्यापी रूपमा यसको आपूर्ति र अर्थतन्त्रलाई असर गर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad