इरानमा गत जनवरीमा भएको सरकारविरोधी प्रदर्शनमा संलग्न तीन जनालाई मृत्युदण्ड दिइएको छ।
इरानको न्यायपालिकासँग सम्बद्ध समाचार एजेन्सी मिजानका अनुसार उनीहरूलाई सुरक्षाकर्मीको हत्या कसुरमा मृत्युदण्ड दिइएको हो।
मिजानका अनुसार मेहदी कासेमी, सालेह मोहम्मदी र सईद दावुदीलाई हत्याका साथै इजरायल र अमेरिकाको आदेशमा काम गरेको मुद्दामा दोषी ठहर्याइएको हो।
एजेन्सीका अनुसार बचाउ पक्षका वकिलहरूको उपस्थिति र सर्वोच्च अदालतको स्वीकृतिपछि उनीहरूलाई इरानको कोममा सार्वजनिक रूपमा फाँसी दिइएको हो।
180
Shares

प्रतिक्रिया