रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार रुसका लागि इरानका राजदूत काजेम जलालीले मोज्तबा खामेनीले मस्कोमा उपचार गराइरहेको भन्ने रिपोर्ट गलत भन्दै खारेज गरेका छन्।
यसअघि कुवेती अखबार अल-जरिदाले लेखेको छ, ‘इरानका सर्वोच्च नेता मोज्तबा खामेनीलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तिगत निमन्त्रणामा उपचारका लागि मस्को लगिएको छ।’
बीबीसी फारसीका अनुसार साइप्रसका लागि इरानका राजदूत अलिरेजा सलारियनले बेलायती अखबार द गार्जियनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मैले सुनेको छु कि उहाँ (मोज्तबा खामेनी) का खुट्टा, हात र पाखुरामा चोट लागेको छ। मलाई लाग्छ- उहाँ घाइते भएकाले अस्पतालमा हुनुहुन्छ।’
इरानको टीभीले पनि सर्वोच्च नेता निर्वाचित भएको खबरपछि मोज्तबा खामेनी घाइते भएको उल्लेख गरेको थियो, तर थप विवरण प्रदान गरेको थिएन।
यद्यपि इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई दिनअघि मोज्तबा खामेनी ‘पूर्ण रूपमा स्वस्थ’ रहेको दाबी गरेका थिए।
Shares

प्रतिक्रिया