इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानी जनतालाई तानाशाहीबाट मुक्त गर्न चाहेको बताएका छन्।
प्रधानमन्त्री नेतन्याहुले स्वास्थ्यमन्त्री हाइम काट्जसँगै राष्ट्रिय स्वास्थ्य कमान्ड केन्द्र अवलोकन गर्दै इरानविरुद्धको आक्रमण त्यहाँका नागरिकलाई तानाशाही शासनबाट मुक्त गराउन भएको दाबी गरेका हुन्।
नेतन्याहुले भने, 'हाम्रो लक्ष्य इरानी जनतालाई तानाशाहीबाट मुक्त गराउनु हो। अन्ततः यो उनीहरूमा निर्भर गर्छ। तर अहिलेसम्म चालिएका कदमले हामी इरानी शासनको मेरुदण्ड भाँचिरहेका छौँ र अझै पनि सक्रिय छौँ भन्ने कुरामा कुनै शंका छैन।'
अभियान सफल भएमा इजरायल इरानी जनतासँग मिलेर दिगो परिवर्तन ल्याउने उनको भनाइ छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको युद्ध 'चाँडै अन्त्य हुन सक्छ' भनिरहेका बेला नेतन्याहुले भने फरक कुरा गरेका हुन्।
उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पनि युद्ध अन्त्यको निर्णय अमेरिकाले होइन, आफूले गर्ने जवाफ फर्काएको छ।
Shares

प्रतिक्रिया