ग्लोबल


लेबननको राजधानीमा इजरायलको प्रहार, होटलमा बसेका ४ जना मारिए

लेबननको राजधानीमा इजरायलको प्रहार, होटलमा बसेका ४ जना मारिए

नेपालखबर
फागुन २४, २०८२ आइतबार १४:२, काठमाडौँ

लेबननको राजधानी बेरुतस्थित एक होटलमा इजरायलले आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ भने १० व्यक्ति घाइते भएका छन्।

रोयटर्सका अनुसार, दक्षिणी लेबनन र बेरुतको दक्षिणी उपनगरमा जारी लडाइँबाट विस्थापित मानिसलाई राखिएको होटलमा हमला गरिएको हो।

थप आक्रमणको डरले भवनबाट केही मानिस बाहिर निस्किरहेको देखिएको छ। 

यसैबिच इजरायल रक्षा बल (आईडीएफ) ले टेलिग्राममा पोस्टमार्फत कुड्स फोर्सका "प्रमुख कमान्डर"लाई निसाना बनाइएको दाबी गरेको छ।

साथै उसले यस हप्ताको सुरुमा लेबनन कोर्प्सका अस्थायी कमान्डर दाउद अलिजादेहलाई मारिएको दाबी पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad