अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगका सबै व्यापार रोक्ने धम्की दिएका छन्।
स्पेनले इरानमा जारी हमलाका लागि अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न नदिएपछि ट्रम्पले त्यस्तो धम्की दिएका हुन्।
ह्वाइट हाउसमा भएको कुराकानीमा ट्रम्पले स्पेनको व्यवहार ‘धेरै नराम्रो’ भन्दै कडा आलोचना गरे।
उनले भने, ‘हामी स्पेनसँगका सबै व्यापार रोक्न सक्छौँ। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ।’
तर यसका लागि ईयूका सदस्य राष्ट्रले कस्तो कदम चाल्छन् भन्ने कुरा स्पष्ट छैन।
ट्रम्पको भनाइले अमेरिका र स्पेनबिच मनमुटाव बढ्न सक्छ।
स्पेनले यसअघि नै नेटोका सहयोगीहरूबाट रक्षा खर्च बढाउन ट्रम्पले गरेको मागको विरोध गरिरहेको छ।
1.1k
Shares

प्रतिक्रिया