ग्लोबल


साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ८:३६, काठमाडौँ

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ।

दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्ति जारी गरी आक्रमणबाट हल्का आगलागी भएको र भवनमा सामान्य क्षति पुगेको बताएको छ।

साउदी अरेबियास्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दालाई घरमै सुरक्षित रहन सल्लाह दिएको छ।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उडिरहेको देखिएको थियो।

यसपछि दूतावासले बासिन्दाहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन सल्लाह दिएको थियो।

इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि इरान र इजरायलले एकअर्कामाथि आक्रमण जारी राखेका छन्।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निसाना बनाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad