इरानको जवाफी हमलाबाट ८ जना इजरायलीको ज्यान गएको छ। इजरायलको बेत सेमेस सहरमा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
सो घटनामा २७ जना घाइते भएको बताइएको छ। इजरायली सेनाले उद्धार र खोजी चलिरहेको जनाएको छ।
त्यसैगरी यूएईमा ३ जना मारिएका छन् भने ५८ जना घाइते भएका छन्। यूएईको रक्षा मन्त्रालयले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकोमा १५२ वटा ध्वस्त पारेको बताएको छ। त्यस्तै ५४१ ड्रोन इरानले प्रहार गरेकोमा ५०६ वटालाई ध्वस्त पारिएको बताएको छ।
उता, कुवेतमा एक जनाको ज्यान जानुका साथै ३२ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इरानले अमेरिकी सैन्य अखडा भएका पश्चिम एसियाका अनेकौँ मुलुकहरूमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। एजेन्सी
282
Shares

प्रतिक्रिया