ग्लोबल


इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले शनिबार बिहान इरानमा गरेको आक्रमण


नेपालखबर
फागुन १६, २०८२ शनिबार १३:२७, काठमाडौँ

इजरायलले राजधानी तेहरानसहित इरानका धेरै सहरमा आक्रमण गरेको छ।

शनिबार बिहान तेहरानसहित धेरै सहरमा विस्फोटका आवाज सुनिएका छन्। 

इजरायलको रक्षा बलले इरानमा आक्रमणको घोषणा गर्दै यसलाई ‘निवारक आक्रमण’ भनेको छ।

इजरायलको आक्रमणले इरानमा देखिएको धुवाँको मुस्लो

आक्रमणपछि इरानले सबै उडान ग्राउन्डेड गरेको छ र आफ्नो हवाई क्षेत्र खाली गरेको छ।

इजरायलमा हवाई आक्रमणको साइरन पनि बजिरहेको छ।

संवेदनशील क्षेत्रहरू खाली गरिँदै छन् र स्थानीयलाई घरभित्रै बस्न भनिएको छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको उल्लेख गरेको छ।

इजरायलले इरानमा गर्‍यो हमला।

आक्रमण इरानका सर्वोच्च नेता खामेनीको कार्यालयनजिकै गरिएको हो। हमलापछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ।

यो आक्रमण इरान र अमेरिकाबिच जारी आणविक वार्ताबिच गरिएको हो।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने धम्की दिएका थिए।

शुक्रबार अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै इजरायल छाड्न भनेको थियो।

आणविक सम्झौताका लागि इरान र अमेरिकाबिच जारी वार्तामा ब्यालिस्टिक क्षेप्यास्त्र परियोजना सबैभन्दा ठुलो विवाद बनेको छ। जुन विषयमा इरान सम्झौता गर्न इच्छुक छैन।

इरानले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो रक्षाका लागि आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad