बालिकेसिर एयर बेसबाट उडेको केही समयपछि टर्किस एयर फोर्सको एफ-१६ लडाकु विमान दुर्घटना भएको छ।
मंगलबार मध्यराति भएको दुर्घटनामा पाइलटको मृत्यु भएको बताइएको छ। दुर्घटना बुर्सा-इज्मिर राजमार्गनजिकै भएको हो।

सहरका गभर्नर इस्माइल उस्ताओग्लुले बालिकेसिरमा रहेको ९औँ मुख्य जेट बेस कमान्ड स्क्वाड्रनको एफ-१६ विमान मंगलबार राति १२:५० बजे मिसन उडानका क्रममा दुर्घटना भएको बताएका छन्।
उनले दुर्घटनामा एक पाइलटको मृत्यु भएको जानकारी दिए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनास्थलको भिडिओ-
A Turkish F-16 reportedly went down during a mission in northwestern Turkey, killing the pilot.
— Brandon Straka #WalkAway (@BrandonStraka) February 25, 2026
The crash comes at a volatile moment as Middle East tensions escalate. pic.twitter.com/dhb4ULaLVf
Shares

प्रतिक्रिया