ग्लोबल


पाकिस्तानको बलुचिस्तानमा पिकनिक गएका बेला गोली प्रहार, ३ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा पिकनिक गएका बेला गोली प्रहार, ३ जनाको मृत्यु

नेपालखबर
माघ २६, २०८२ सोमबार ५:२०, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा एक हिन्दु व्यापारीसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

खुजदारका प्रहरी अधिकारी वहाब बलोचका अनुसार खुजदारको नाल क्षेत्रमा हमला भएको हो। 

उनका अनुसार मृतक र घाइतेहरू खुजदार जिल्लाको वाध क्षेत्रका बासिन्दा हुन्। उनीहरू पिकनिकका लागि नालको हरानबो बाँध क्षेत्रमा गएका थिए।

उनले भने, ‘अज्ञात हतियारधारीहरूले उनीहरूमाथि गोली चलाए। जसमा तीन जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।’

प्रहरी अधिकारीका अनुसार मृतकहरूमा मल्लु माल नामका एक हिन्दु व्यापारी पनि छन्। अन्य दुई जनामा अब्दुल रसिद र अब्दुल सबुर नामका व्यक्ति छन्।

वहाब बलोचले घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बताए।

उनले भने, ‘आक्रमणको कारणबारे अनुसन्धान सुरु गरिएको छ।’

पीडितका आफन्त र क्षेत्रका अन्य बासिन्दाले आक्रमणको विरोधमा क्वेटा र कराँचीबिचको राजमार्ग अवरुद्ध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad