रुसका वरिष्ठ जनरललाई गोली हानेको आरोपमा दुबईमा एक जनालाई पक्राउ गरिएको छ।
गत शुक्रबार रुसको सैन्य गुप्तचर विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेभलाई मस्कोमा गोली हानी घाइते बनाइएको थियो।
रुसको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा संलग्न आरोपमा ल्युबोमिर कोर्बा नामका रुसी नागरिकलाई दुबईमा गिरफ्तार गरिएको हो।
यूएई अधिकारीहरूको सहयोगमा रुसी सुरक्षा सेवाले उनलाई पक्राउ गरी रुस पुर्याइसकेको छ।
रुसी सुरक्षा सेवाका अनुसार आरोपितका एक सहयोगीलाई पनि मस्कोमा हिरासतमा लिइएको छ।
धेरैवटा गोली लागेर घाइते जनरल भ्लादिमिर अलेक्सेभको उपचार जारी रहेको जनाइएको छ।
रुसले उक्त गोलीकाण्डमा युक्रेनलाई दोष लगाएको छ, तर युक्रेनले अस्वीकार गरेको छ।
162
Shares

प्रतिक्रिया