ad ad

ग्लोबल


कोरोना संक्रमणबाट बेलायतमा करिब ३० हजारको मृत्यु, युरोपेली देश मध्येमा सबैभन्दा धेरै

कोरोना संक्रमणबाट बेलायतमा करिब ३० हजारको मृत्यु, युरोपेली देश मध्येमा सबैभन्दा धेरै

प्रजय शुक्ल
बैशाख २३, २०७७ मंगलबार १२:५२,

बेलायतमा कोरोना संक्रमणबाट युरोपेली मुलुकहरु मध्ये सबै भन्दा बढी मानिसको मृत्यु भएको छ। सो तथ्य हालै बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार बेलायतमा २९ हजार ६ सय ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ। यो संख्या कोरोना संक्रमणबाट मृत्यु हुने अरु युरोपेली मुलुकहरु मध्येमा सबै भन्दा बढी हो।

यस अघि कोरोनाका कारण सबै भन्दा बढी मानिसको मृत्यु हुने देशमा इटली अगाडि थियो। इटलीमा हालसम्म कोरोनाका कारण २९ हजार ७९ जनाको मृत्यु भएको छ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयलका अनुसार कोरोना संक्रमणका कारण केयर होममा मात्रै ५ हजार ८ सय ९० जनाको मृत्यु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेका तथ्यांक बेलायत सरकारको स्वास्थ्य विभागले भन्दै आएको तथ्यांक भन्दा ३४ प्रतिशतले बढी छ।

बेलायतमा केही दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुने संख्या घटेको छ। संक्रमित दरमा पनि कमी आएको बेलायत सरकारको स्वास्थ्य विभागले जनाएको छ। सामाजिक दूरी कायम राखेपछि सो संक्रमित दरमा कमी आएको उनीहरुको तर्क छ।

विश्वको प्रसिद्ध डाटा अन्वेषकले हालै प्रकाशित रिपोर्ट अनुसार बेलायत कोरोना संक्रमण अरु युरोपेली देशहरु भन्दा खराब स्थितिबाट गुज्रने बताएको थियो। विश्लेषणकर्ताहरुले बेलायतले लकडाउन गर्न ढिलाई गरेका कारण यो खराब स्थितिको सृजना भएको जनाउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .