ग्लोबल


जन्मदर बढाउन चीनले परिवार नियोजनका अस्थायी साधन बनायो महँगो

जन्मदर बढाउन चीनले परिवार नियोजनका अस्थायी साधन बनायो महँगो

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १५:१२, काठमाडौँ

जन्मदर बढाउने उद्देश्यले चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधन महँगो बनाएको छ। 

बीबीसीका अनुसार चीनले जनवरी १ देखि गर्भनिरोधक साधनहरूमा १३ प्रतिशत बिक्री कर लगाएको हो।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्नो मुलुकमा जन्मदर बढाउने प्रयास गरिरहेको छ।

यस क्रममा चीनले हालै आफ्नो कर प्रणालीमा धेरै परिवर्तन गरेको छ। जसअन्तर्गत उसले १९९४ देखि लागु धेरैवटा कर छुट अन्त्य गरेको छ। त्यो समय चीन दशकौँ पुरानो ‘एक सन्तान’ नीति पालना गरिरहेको थियो।

नयाँ कर प्रणालीमा चीनले विवाहसँग सम्बन्धित सेवा र वृद्धवृद्धा हेरचाह सेवाहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाट छुट दिएको छ।

वृद्धको बढ्दो जनसंख्या र सुस्त अर्थतन्त्रको सामना गरिरहेको चीनले नागरिकलाई विवाह गर्न र जोडीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न विभिन्न प्रयास गरिरहेको छ।

आधिकारिक तथ्यांकअनुसार चीनको जनसंख्या लगातार तीन वर्षदेखि घटिरहेको छ र सन् २०२४ मा १ करोडभन्दा कम बच्चा जन्मिए। यो एक दशकअघिको जन्म संख्याभन्दा आधा हो।

त्यसयता चीनले बच्चा जन्माउने नियमलाई खुकुलो बनाउँदै लगेको हो। 

यस क्रममा अहिले चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधनमा कर लगाउँदै महँगो बनाएको हो। 

तर कतिपयले महँगो बनाउँदैमा मानिसले कन्डम प्रयोग नगर्ने र धेरै बच्चा जन्माउने अवस्था नआउने टिप्पणी गरेका छन्। 

बच्चा जन्माउन अरू धेरै चिजको आवश्यकता पर्ने उनीहरूको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad