ग्लोबल


बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु

बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु

नेपालखबर
पुस १०, २०८२ बिहिबार ५:४२, काठमाडौँ

बंगलादेशको राजधानी ढाकामा बुधबार बम विस्फोट भएको छ।

बीबीसी बंगलाका अनुसार, ढाकाको मगबजार क्षेत्रमा घरेलु बम प्रहारबाट एक व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले मगबजार फ्लाईओभरबाट बम प्रहार गरिएको आशंका गरेको छ। घटनास्थल नजिकै एउटा चर्च छ।

ढाका महानगरीय प्रहरीको रामना डिभिजनका प्रहरी उपायुक्त मसुद आलमले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न क्षेत्रबाट सीसीटीभी फुटेज सङ्कलन र विश्लेषण भइरहेको बताए।

उनले पत्रकारहरूलाई बताएअनुसार फ्लाईओभरबाट घरेलु बम प्रहार गरिएका घटना पहिले पनि विभिन्न समयमा भएका छन्। यो आतंक फैलाउन गरिएको हो।

यो घटना क्रिसमससँग सम्बन्धित नरहेको विश्वास प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad