ग्लोबल


भारत-बंगलादेश सीमा त्रिपुरामा विरोध प्रदर्शन, आयात-निर्यात अनिश्चितकालका लागि बन्द

भारत-बंगलादेश सीमा त्रिपुरामा विरोध प्रदर्शन, आयात-निर्यात अनिश्चितकालका लागि बन्द

भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमा त्रिपुरामा बुधबार विरोध प्रदर्शन गर्दै हिन्दु एकता मञ्च


नेपालखबर
पुस १०, २०८२ बिहिबार ६:७, काठमाडौँ

भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमा त्रिपुराको कैलाशहरस्थित काँडेतारको बारनजिकै बुधबार हिन्दु एकता मञ्चका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। 

योसँगै उक्त सीमाबाट हुने आयात र निर्यात अनिश्चितकालका लागि बन्द गरिएको छ।

यस कैलाशहर सीमाबाट दैनिक दुई देशबीच लाखौँ रुपैयाँको सामान ओसारपसार हुन्छ।

बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि हालै भएको आक्रमण र हालै एक हिन्दु युवक हत्या गरिएको विरोधमा उक्त विरोध प्रदर्शन गरिएको हो। 

यद्यपि अन्तर्राष्ट्रिय सीमामा भेला भएका सयौँ प्रदर्शनकारीहरूलाई रोक्न सीमा जाने सबै सडकमा ब्यारिकेड खडा गरिएको थियो।

उनाकोटी जिल्लाका प्रहरी अधीक्षक सुधाम्बिका आरले विरोध प्रदर्शनबारे बीबीसी हिन्दीसँग भनेका छन्, ‘केही मानिसले आज (बुधबार) कैलाशहरमा जुलुस निकाले, तर सबै कुरा शान्तिपूर्ण र नियन्त्रणमा थियो। कानुन कार्यान्वयनमा कुनै समस्या थिएन।’

विरोध प्रदर्शनबारे हिन्दु एकता मञ्चका नेता सन्दीप देब्रोयले वर्तमान बंगलादेश सरकारको कडा आलोचना गर्दै भनेका छन्, ‘बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर आक्रमण भइरहेको छ, तर मोहम्मद युनुस नेतृत्वको सरकारले कुनै कारबाही गरिरहेको छैन।’

गत अगस्टमा बंगलादेशमा शेख हसिनाको सरकारको पतन भएदेखि सीमावर्ती भारतीय गाउँहरूमा तनाव बढ्दै गएको छ।

उत्तरपूर्वी भारतका आसाम, मेघालय, मिजोरम र त्रिपुरा राज्यहरूले बंगलादेशसँग अन्तर्राष्ट्रिय सीमा प्रयोग गर्छन्। यी चार राज्यमध्ये त्रिपुराको सबैभन्दा लामो सिमाना ८५६ किलोमिटर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad