अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध 'ठूलो सैन्य आक्रमण' सुरु गरेको बताएको छ।
यो कारबाही त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियामा गरिएको अमेरिकाको भनाइ छ।
अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, 'अपरेसन हकआई स्ट्राइकको उद्देश्य आईएस लडाकु, उनीहरूका पूर्वाधार र हतियार भण्डार नष्ट गर्नु हो।'
अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार मध्य सिरियाका धेरै स्थानलाई लक्ष्य गर्दै हमलामा लडाकु जेट, हेलिकप्टर र तोपखाना प्रयोग गरिएको थियो।
अमेरिकाले हमलामा जोर्डनी विमानहरू पनि संलग्न रहेको बताएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईएसको गढहरूमा 'धेरै बलियो' आक्रमण गरिरहेको बताएका छन्।
यो कारबाही डिसेम्बर १३ मा सिरियाली सहर पालमिरामा आईएसको आक्रमणपछि गरिएको हो, जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया