अमेरिकाको केन्द्रीय कमान्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा आफ्ना दुई सैनिक र एक नागरिक (दोभाषे) को मृत्यु भएको बताएको छ।
अधिकारीहरूका अनुसार आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन्। आक्रमणकारी पनि मारिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अमेरिका र सिरियाविरुद्ध आईएसआईएसको आक्रमण हो। यसको कडा जवाफ दिइनेछ।’
सिरियाली सरकारले पनि विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले भनेको छ, ‘मारिएकाहरूको पहिचान २४ घण्टासम्म खुलासा गरिने छैन, उनीहरूको परिवारलाई सूचित गरिसकेपछि मात्र जानकारी गराइनेछ।’
111
Shares

प्रतिक्रिया