सुडानको कालोकी सहरमा रहेको एक किन्डरगार्टेन (साना बालबालिकाको स्कुल) मा गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको छ।
सुडानी डाक्टर नेटवर्क र सेनाले बिहीबार गरिएको आक्रमण अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले गरेको आरोप लगाएका छन्।
यस विषयमा आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
बरु उसले शुक्रबार डार्फर क्षेत्रस्थित चाडसँगको आद्रे सीमा क्रसमा रहेको बजार र इन्धन डिपोमा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।
सुडान अप्रिल २०२३ देखि गृहयुद्धको चपेटामा छ।
त्यहाँ आरएसएफ र सेना बीच शक्ति संघर्ष जारी छ। पहिला यी दुई सहयोगी थिए तर अहिले एकअर्का विरुद्ध लडिरहेका छन्।
48
Shares

प्रतिक्रिया