ग्लोबल


भारतको छत्तीसगढमा प्रहरी-माओवादी भीषण भिडन्त, १२ लडाकु मारिएको दाबी

भारतको छत्तीसगढमा प्रहरी-माओवादी भीषण भिडन्त, १२ लडाकु मारिएको दाबी

नेपालखबर
मंसिर १७, २०८२ बुधबार २०:१२, काठमाडौँ

भारतको छत्तीसगढ प्रदेशमा पर्ने बिजापुरको दन्तेवाडा सीमामा बुधबार भएको भिडन्तमा १२ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ।

प्रहरीका अनुसार भिडन्तमा जिल्ला रिजर्भ गार्डका तीन कर्मचारी पनि मारिएका छन्। अन्य धेरै जना घाइते पनि भएका छन्। भिडन्त अझै जारी छ।

बिजापुरका प्रहरी अधीक्षक डा. जितेन्द्र यादवले भने, ‘बिजापुर-दन्तेवाडा अन्तरजिल्ला सीमा क्षेत्रको पश्चिम बस्तर डिभिजन क्षेत्रमा डीआरजी दन्तेवाडा-बिजापुर, विशेष कार्य बल, कोब्रा, सीआरपीएफको संयुक्त टोलीद्वारा संयुक्त खोजी अभियान सञ्चालन भइरहेको छ।’

‘अपरेसका क्रममा आज बिहान ९ बजेदेखि प्रहरी र माओवादीहरूबीच गोली हानाहान भइरहेको छ। सुरक्षा बलले क्षेत्रमा आफ्नो कारबाही जारी राखेका छन्।’

बस्तर रेन्जका आईजी प्रहरी सुन्दरराज पट्टलिंगमले भिडन्तको पुष्टि गर्दै भने, ‘अहिलेसम्म भिडन्त स्थलबाट १२ माओवादीहरूको शव बरामद गरिएको छ। घटनास्थलबाट एसएलआर र .३०३ राइफलसहित अन्य हतियार र गोला बारुद पनि जफत गरिएको छ।’

‘मृतकहरूको पहिचान अझै पत्ता लागेको छैन। भिडन्तमा तीन जना बिजापुर जिल्ला रिजर्भ गार्डका कर्मचारीहरू- हेड कन्स्टेबल मोनु वडादी, कन्स्टेबल डुकारु गोंडे र रमेश सोडी सहिद भए।’

सुन्दरराज पट्टलिंगमका अनुसार अपरेसन अझै जारी रहेकाले अहिल्यै विस्तृत जानकारी दिन सम्भव छैन।

प्रहरी अधीक्षक डा. जितेन्द्र यादवले खोजी अभियान जारी रहेको र घटनास्थललाई घेरा हालिएको बताए। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad