ग्लोबल


बाढीका कारण इन्डोनेसियामा ६००, श्रीलंकामा ३९० जनाको मृत्यु

बाढीका कारण इन्डोनेसियामा ६००, श्रीलंकामा ३९० जनाको मृत्यु

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ६:४९, काठमाडौँ

इन्डोनेसिया र श्रीलंकामा चक्रवातका कारण आएको भारी वर्षा र बाढीका कारण सयौँ मानिसहरूको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्।

इन्डोनेसिया र श्रीलंकाले बाढीपीडित  नागरिकहरूलाई सहयोग गर्न आफ्ना सेना तैनाथ गरेका छन्। दुवै देशमा लाखौँ मानिस घरबारविहीन भएका छन्।

इन्डोनेसियाको सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोमा अहिलेसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको रिपोर्ट गरिएको छ।

इन्डोनेसियाको आचे प्रान्तका बाढीपीडितहरूले धेरै दिनदेखि खाना नखाएको बताएका छन्।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हालसम्म देशमा ३९० जनाको मृत्यु भएको छ भने ३५२ व्यक्ति बेपत्ता छन्।

उत्तरी मलेसिया र दक्षिणी थाइल्यान्डमा पनि भारी वर्षा भएको छ, आँधीबेहरी आएको छ। जसमा परी कम्तीमा १७० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad