ग्लोबल


पुटिन र अमेरिकी राजदूतबीच आज भेटवार्ता हुने

पुटिन र अमेरिकी राजदूतबीच आज भेटवार्ता हुने

फाइल तस्बिर : पुटिन


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ५:७, मस्को

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग आज मंगलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन्। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक मंगलबार दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिए।

यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति-ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ।

संयुक्त राज्य अमेरिकाले मस्को–किएभ युद्ध अन्त्य गर्न एक प्रकारको ‘आधारभूत रूपरेखा’ प्रस्तुत गर्न चाहेको बताउँदै आएको छ।

राष्ट्रपति पुटिनले गत हप्ता आफ्नो कडा मागहरू दोहोर्‍याउँदै किएभलाई मस्कोले दाबी गरेका क्षेत्रमा आत्मसमर्पण गर्नैपर्ने अन्यथा रुसी सेनाले ‘आवश्यक परे बलपूर्वक नियन्त्रण लिने’ चेतावनी दिएका थिए।

राजदूत विटकफले पुटिनलाई यसअघि पनि क्रेमलिनमा धेरैपटक भेटेका छन्।

तर उनले मस्कोसँगको संवादमा अपनाएको शैलीबारे अमेरिकाभित्र नै आलोचना भएको छ।

प्रारम्भिक अमेरिकी योजना क्रेमलिनको मागतर्फ बढी झुकाव भएको जस्तो देखिएको भन्दै कतिपय अधिकारी र विश्लेषकले असन्तुष्टि व्यक्त गरेका छन्।

यता युरोपेली संघ (ईयू) ले आगामी हप्ता ‘युक्रेनका लागि अत्यन्त महत्त्वपूर्ण’ हुने चेतावनी दिँदै कूटनीतिक गतिविधि बढाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार पेरिसमा रहेर किएभका लागि युरोपेली समर्थन विस्तार गर्न सक्रिय थिए। 

अर्कातर्फ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको सम्भावनाबारे आशावादी मनोवृत्ति प्रकट गरेका छन्।

पुटिन–विटकफ भेटले शान्ति प्रक्रियामा नयाँ मोड आउने कि नआउने भन्ने विषयले अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। (रासस/एएफपी) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad