ग्लोबल


पाकिस्तानलाई अफगानिस्तानको चेतावनी : उपयुक्त समयमा उपयुक्त जवाफ दिइनेछ

पाकिस्तानलाई अफगानिस्तानको चेतावनी : उपयुक्त समयमा उपयुक्त जवाफ दिइनेछ

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ७:३३, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानलाई अफगानिस्तानको सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप लगाएका छन्।

मुजाहिदले इन्स्टाग्राममा पोस्ट गरेका छन्, 'पाकिस्तानी सेनाले सोमबार राति पक्तिका, खोस्त र कुनार प्रान्तमा हवाई हमला गरेको छ, जुन अफगानिस्तानको सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण हो। यो पाकिस्तानी अधिकारीहरूले गरेको अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन हो।'

उनले अगाडि लेखेका छन्, 'अफगानिस्तानले यो उल्लङ्घन र आक्रमणको कडा निन्दा गर्दछ र आफ्नो हवाई क्षेत्र, भूमि र नागरिकहरूको रक्षा गर्ने आफ्नो अधिकारमा जोड दिन्छ। उपयुक्त समयमा उपयुक्त जवाफ दिइनेछ।'

जबिहुल्लाह मुजाहिदले पाकिस्तानलाई खोस्त प्रान्तमा एक घरमा बम विस्फोट गराएको आरोप लगाएका छन्, जसमा १० बालबालिका र महिला मारिएका छन्।

तर पाकिस्तानले अफगान तालिबान सरकारका प्रवक्ताले लगाएको आरोपको जवाफ दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad