ब्राजिलको भ्यालेममा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप-३० का क्रममा बिहीबार अचानक आगलागी भएको छ।
बीबीसीका अनुसार आगलागी सुरु भएपछि कार्यक्रम स्थल तुरुन्तै खाली गराइएको थियो।
एउटा मण्डपमा आगो लागेको थियो। कार्यक्रम आयोजकहरूले लगभग ६ मिनेट भित्र आगो नियन्त्रणमा आएको बताएका छन्।
यद्यपि धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरहरूले जाँच गरेका थिए।

संयुक्त राष्ट्र संघले भने ६ मिनेटभित्र आगो निभाइएको उल्लेख गर्दै धुवाँले निस्सासिएका १३ जनाको उपचार गरिएको जानकारी दिएको छ।
आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।
आगलागीसँगै जलवायु बैठक रोकिएको छ।
यद्यपि संयुक्त राष्ट्र संघले आज (शुक्रबार) वार्ता पुनः सुरु हुने बताएको छ।
57
Shares

प्रतिक्रिया