युक्रेनले रुसको आक्रमणबाट आफूलाई बचाउन फ्रान्सेली राफेल एफ४ लडाकु जेट र उन्नत वायु रक्षा प्रणाली पाउने भएको छ।
बीबीसीको रिपोर्टअनुसार युक्रेनले प्राप्त गर्ने राफेल एफ४ लडाकु जेटको संख्या १०० सम्म पुग्न सक्छ।
यस विषयमा युक्रेनकन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्झौता गरेका छन्। पेरिस नजिकैको एक एयरबेसमा सम्झौतामा हस्ताक्षर गरिएको हो।
जेलेन्स्कीले यो कदमलाई 'ऐतिहासिक' भनेका छन्।
उनले म्याक्रोनसँगको संयुक्त ब्रिफिङमा भने, 'यो एक रणनीतिक सम्झौता हो जुन अर्को वर्षदेखि १० वर्षसम्म रहनेछ।'
जेलेन्स्कीले थपे, 'युक्रेनले धेरै बलियो फ्रान्सेली राडार, आठ वायु रक्षा प्रणाली र अन्य उन्नत हतियार पनि प्राप्त गर्नेछ।'
राफेल एफ४ जेटको डेलिभरी २०३५ सम्ममा पूरा गर्ने योजना छ भने इन्टरसेप्टर ड्रोनहरूको संयुक्त उत्पादन यस वर्ष सुरु हुने तालिका छ।
फ्रान्स र युक्रेनबीचको यो सम्झौताको वित्तीय विवरणको अन्तिम रूप दिइएको छैन। तर धेरै रिपोर्टले फ्रान्सले युरोपेली संघबाट कोष जुटाउने र जफत गरिएका रुसी सम्पत्ति प्रयोग गर्ने योजना बनाएको दाबी गरेेका छन्।
यसलाई विवादास्पद कदम मानिन्छ, जसमा २७ EU सदस्यहरू आ-आफ्नो विचारमा विभाजित छन्।
Shares

प्रतिक्रिया