ग्लोबल


ब्राजिलमा भित्र जलवायु वार्ता, बाहिर विरोध मार्च

ब्राजिलमा भित्र जलवायु वार्ता, बाहिर विरोध मार्च

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ८:१४, काठमाडौँ

ब्राजिलमा जारी सीओपी३० जलवायु वार्ताका बीच सयौँ प्रदर्शनकारीले विरोध मार्च गरिरहेका छन्। उनीहरूले ‘अमेजनलाई मुक्त गर’ नारा लगाइरहेका छन्।

सन् २०२१ पछि यसरी पहिलोपटक प्रदर्शनकारीहरूलाई संयुक्त राष्ट्र जलवायु वार्ता बाहिर प्रदर्शन गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ। 

यसअघिका तीन बैठक ती देशमा आयोजना गरिएका थिए, जहाँ सार्वजनिक प्रदर्शनको अनुमति थिएन। 

अहिले सीओपी३० ब्राजिलको बेलेममा भइरहेको हो।

एक प्रदर्शनकारी तुगा सिन्टियाले भने, ‘हामी जीवाश्म इन्धनका लागि अन्त्येष्टि जुलुस निकालिरहेका छौँ।’

उनले थपे, ‘म किन यहाँ छु ने सीओपी बैठक र सिद्धान्तबारे पर्याप्त छलफल भइसकेको छ। अब वास्तविक कार्यको समय हो।’

विश्वभरका हजारौँ आदिवासी, ब्राजिलियन युवा र जलवायु कार्यकर्ताहरू विरोधमा सहभागी छन्। 

विरोध प्रदर्शनमा सामेल हुन सामोआबाट आएकी ब्रायना फ्रुएनले भनिन्, ‘जीवाश्म इन्धन अझै पनि जलिरहेको छ।’

सामोआ एक तल्लो टापु हो, जुन जलवायु परिवर्तनका हिसाबले अत्यन्तै जोखिममा छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको रूपरेखा सम्मेलन (यूएनएफसीसीसी) का अनुसार, पक्ष राष्ट्रहरूको सम्मेलन (कप) ३० को मुख्य उद्देश्य विगतका काम अघि बढाउनु र जलवायु परिवर्तनको विश्वव्यापी चुनौती सम्बोधन गर्ने तरिकाबारे छलफल गर्नु हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad