ग्लोबल


पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट जोगिन दूतावासको आग्रह

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट जोगिन दूतावासको आग्रह

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १२:२३, काठमाडौँ

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट जोगिन आग्रह गरेको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको जनाएको छ। त्यसैले कामदार भिसाका विषयमा सावधानी अपनाउन आग्रह गरेको हो।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगीधन्धा भइरहेको जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ। यस्ता गैरकानूनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन सचेत गराएको छ। 

यसरी कामदार भिसा बन्द गरिसकेको अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि आउन नपाउने स्पष्ट पारेको छ। पोर्चुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad