ग्लोबल


संयुक्त राष्ट्रसंघले हटायो सिरियाली राष्ट्रपतिविरुद्धको प्रतिबन्ध

संयुक्त राष्ट्रसंघले हटायो सिरियाली राष्ट्रपतिविरुद्धको प्रतिबन्ध

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ६:५, काठमाडौँ

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी प्रस्तावका पक्षमा मतदान गर्दै सिरियाका राष्ट्रपति अहमद अल-साराविरुद्धको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। 

यो प्रतिबन्ध सिरियाली राष्ट्रपति अर्को हप्ता ह्वाइट हाउस भ्रमण हुनुभन्दा ठिक अगाडि हटाइएको हो। 

डिसेम्बर २०२४ मा बसर अल-असदलाई सत्ताबाट हटाउने विद्रोही आक्रमणको नेतृत्व गरेपछि अहमद अल-सारालाई अन्तरिम राष्ट्रपति पदमा नियुक्ति गरिएको हो। योसँगै सिरियाको १३ वर्षे गृहयुद्धको अन्त्य थियो।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले संयुक्त राष्ट्र संघले असदलाई हटाएपछि सिरिया ‘नयाँ युग’मा प्रवेश गरेको संकेत गर्दै ‘बलियो राजनीतिक सन्देश’ दिएको बताए। 

अल-सारालाई संयुक्त राष्ट्र संघको प्रतिबन्धमा राखिएको थियो किनभने उनी अल-कायदासँग सम्बद्ध संस्था इस्लामी समूह हयात तहरीर अल-साम (एचटीएस) का पूर्वनेता थिए।

अमेरिकाले जुलाईमा एचटीएसलाई विदेशी आतंकवादी संगठनहरूको सूचीबाट हटायो। संयुक्त राष्ट्र संघले सिरियाली गृहमन्त्री अनस खट्टाबमाथिको प्रतिबन्ध पनि हटाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad