फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक भएको बताएका छन्।
बीबीसीका अनुसार आँधीका कारण लाखौँ मानिस घर छाड्न बाध्य भएका छन्।
कालमेगी आँधीका कारण भएको वर्षाले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहर डुबानमा पारेको छ, जहाँ मात्रै कम्तीमा ४९ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले बुधबार भनेका छन्, ‘७५ जना बेपत्ता छन् र १७ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्ने आशंका छ।’
आँधीले गर्दा भएको विनाशका धेरै भिडिओ सार्वजनिक भएका छन्, जसमा मानिसहरूले छानामा आश्रय लिइरहेको देखिन्छ भने कार र ढुवानी कन्टेनर सडकमै बगेका छन्।
36
Shares

प्रतिक्रिया