ग्लोबल


अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ८:४०, काठमाडौँ

अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा एउटा यूपीएस कार्गो विमान दुर्घटना भएको छ।

विमानमा आगो लागेको र अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ। कम्तीमा ११ जना घाइते भएका छन्।

अन्य धेरै जना बेपत्ता भएको बताइएको छ।

आगोसहितको धुवाँको मुस्लो टाढासम्म फैलपएपछि वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ।

दुर्घटनाग्रस्त विमानमा ३८,००० ग्यालन इन्धन थियो। जुन विस्फोट भएपछि आगोको ज्वालामा फसेर नजिकैका व्यवसायहरू परेका हुन्।

यूपीएसले जहाजमा तीन जना चालक दलका सदस्य रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad