ग्लोबल


अफगानिस्तान भूकम्प अपडेट: मृतकको संख्या २० पुग्यो

अफगानिस्तान भूकम्प अपडेट: मृतकको संख्या २० पुग्यो

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:४, काठमाडौँ

उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले मृतकको संख्या  अझै बढ्ने अनुमान रहेको बताएका छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन्।

तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरले २० जनाभन्दा बढीको मृत्यु भएको र ३२० जनाभन्दा बढी घाइते भएको बताएका छन्।

सोमबार बिहान १ बजे (स्थानीय समय) मा भूकम्प गएको थियो। यो क्षेत्रमा लगभग ५ लाख मानिस बसोबास गर्छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्प ६.३ म्याग्निच्युडको थियो र यसको गहिराइ २८ किलोमिटर थियो।

तालिबान प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको सोलगरा जिल्लामा धेरै जना घाइते भएको बताए। उनका अनुसार तीमध्ये धेरैजसो अग्ला भवनहरूबाट खसेर घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad