भारतीय राज्य तेलंगानाको रंगारेड्डीमा सोमबार बिहान बस र ट्रक ठोकिँदा १९ जनाको मृत्यु भएको छ।
साइबराबाद कमिस्नरेटका एक प्रहरी अधिकारीले मृत्युको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेटनजिकै दुर्घटना भएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार, तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोकिएको हो।
तेलंगानाको मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनामा शोक व्यक्त गरेको बताएको छ।
तेलंगानाका मुख्यमन्त्री कार्यालयका अनुसार, उनले उद्धार तथा राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
129
Shares

प्रतिक्रिया