हमास र इजरायलबीच युद्धविरामपछि गाजाका मानिसहरू धमाधम आफ्नो घर फर्किरहेका छन्।
सार्वजनिक तस्बिरमा हताहतार सामान ओसारिरहेका छन्।
सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन् र सहायता एजेन्सीहरूले तिनीहरूको संख्या बढाउन आह्वान गरेका छन्।
शान्ति सम्झौतापछि हमासले दुई वर्षअघि इजरायलले कब्जामा लिएका २० जीवित बन्धक र ४ शव फिर्ता गरेको छ। अझै २४ बन्धकको शव फिर्ता गर्न बाँकी छ।
इजरायलले हमासलाई युद्धविराम उल्लङ्घन गरेको र बन्धकहरूको अवशेष फिर्ता गर्न ढिलाइ गरिरहेको आरोप लगाएको छ।
यद्यपि वार्तामा संलग्न कूटनीतिक स्रोतहरूका अनुसार, हमासले बन्धकहरूको शव फिर्ता गर्नमा अवरोध पुर्याएको इजरायलको आरोपलाई अस्वीकार गरेको छ।
बुधबार हमासले चार बन्धकहरूको शव फिर्ता गर्यो, जसमा एउटा शव असम्बन्धित मानिसको भएको बताएको छ।
इजरायलका अनुसार एउटा शव इजरायली बन्धक सेरी बिबासको नभई प्यालेस्टिनी महिलाको छ।
गाजाको दृश्य-






Shares

प्रतिक्रिया