संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारत र पाकिस्तानबीच युद्ध रोक्ने श्रेय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएका छन्।
उनले ट्रम्पले हस्तक्षेप नगरेको भए पाकिस्तान र भारतबीचको युद्ध विनाशकारी हुने बताए।
उनले भने, ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तान र भारतबीचको तनावमा हस्तक्षेप नगरेको भए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो।’
उनले थपे, ‘पाकिस्तान र भारतबीचको युद्ध रोक्ने ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार छन्।’
भारतले भने भारत-पाकिस्तान द्वन्द्व रोक्न कुनै तेस्रो पक्षले भूमिका नखेलेको दाबी गरिरहेको छ।
यस क्रममा पाकिस्तानका प्रधानमन्त्री सरिफले आफ्नो देशले बाह्य आक्रमणविरुद्ध पूर्ण रूपमा आफ्नो रक्षा गर्ने पनि बताए।
उनले भने, ‘हामीले भारतसँग युद्ध जितेका छौँ। हामी अब शान्ति चाहन्छौँ र पाकिस्तान सबै बाँकी मुद्दामा भारतसँग व्यापक र प्रभावकारी वार्ता गर्न तयार छ।’
सहबाज सरिफले भने, ‘पाकिस्तानको विदेश नीति पारस्परिक सम्मान र सहयोगमा आधारित छ। हामी विवादहरूको शान्तिपूर्ण समाधान चाहन्छौँ।’
Shares

प्रतिक्रिया