ग्लोबल


थाइल्यान्डमा अनुतिन चार्नभिराकुल बने नयाँ प्रधानमन्त्री

थाइल्यान्डमा अनुतिन चार्नभिराकुल बने नयाँ प्रधानमन्त्री

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार २०:४४, काठमाडौँ

थाइल्यान्डको संसद्‌ले नयाँ प्रधानमन्त्री चयन गरेको छ। 

रोयटर्सका अनुसार शुक्रबार सदनमा भएको मतदानबाट अनुतिन चार्नभिराकुल प्रधानमन्त्री चुनिएका हुन्। 

भुमजैथाई पार्टीका नेता चर्नभिराकुलले ४९२ सांसदमध्ये ३११ मत प्राप्त गरेका हुन्। 

अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यु थाई’ पार्टीका उमेदवार चैकासेम नितिसिरीलाई हराएका हुन्। चैकासेमले जम्मा १५२ मत पाए। २७ सांसद भने तटस्थ बसे। 

गत हप्ता मात्र थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको थियो। शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीचको फोनवार्ता सार्वजनिक भएपछि गत जुलाईमा उनलाई निलम्बन गरिएको थियो।

५०० सदस्यीय संसद्‌मा अनुतिनको पार्टीसँग ६९ सिट मात्र भए पनि पिपुल्स पार्टीको समर्थनमा उनी पर्याप्त मतसहित प्रधानमन्त्री बन्न सफल भएका हुन्।

अब अनुतिनको पार्टीले अन्तरिम सरकार गठन गर्नेछ। उनले चार महिनामा नयाँ चुनाव गर्ने वाचा गरेका छन्।

अनुतिनले यसअघि उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा काम गरिसकेका छन्।

गत हप्ता मात्र थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पदबाट हटाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad