चीनका राष्ट्रपति सी चिनफङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार बेइजिङमा द्विपक्षीय बैठक गरेका छन्।
पुटिनले दुई देशबीचको सम्बन्धलाई 'अभूतपूर्व स्तर'मा भनेका छन्।
उनले भनेका छन्, ‘हाम्रो नजिकको अन्तरक्रियाले रुस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।’
सीलाई सम्बोधन गर्दै पुटिनले भनेका छन्, ‘प्रिय मित्र, म र सम्पूर्ण रुसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथी र सहकर्मीलाई फेरि एकपटक भेट्न पाउँदा धेरै खुसी छौँ। हामी त्यतिबेला पनि सँगै थियौँ र अहिले पनि सँगै छौँ।’
उता सीले भनेका छन्, ‘चीन-रुस सम्बन्ध अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षामा खरोसँग उत्रिएको छ।’
उनले चीन ‘अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली’ सिर्जना गर्न रुससँग काम गर्न चाहने उल्लेख गरेका छन्।
बुधबार सी चिनफिङले बेइजिङमा चीनको अहिलेसम्मकै ठूलो सैन्य परेड आयोजना गर्दै छन्।
यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको हो।
Shares

प्रतिक्रिया