सैन्य परेडमा भाग लिन उत्तर कोरियाका नेता किम जोङ उन चीन प्रस्थान गर्ने गरेका छन्।
किम सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङतर्फ लागेका हुन्।
रेलमा फ्रान्सेली वाइन र ताजा लब्स्टरजस्ता परिकार पस्कने रेस्टुरेन्ट कोच रहेको बताइएको छ।
भारी सुरक्षाका कारण रेल बिस्तारै चल्छ। दक्षिण कोरियाको योनहाप एजेन्सीका अनुसार किमको यात्रा २४ घण्टासम्म लाग्न सक्छ।
किम बुधबार आयोजना हुने 'विजय दिवस' परेडमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।
उक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।
1.1k
Shares

प्रतिक्रिया