समाज


शनिबार रातिदेखि बेनीबाट सम्पर्कविहीन २ युवकको अवस्था अझै अज्ञात

शनिबार रातिदेखि बेनीबाट सम्पर्कविहीन २ युवकको अवस्था अझै अज्ञात

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ६:१६, म्याग्दी

म्याग्दी सदरमुकाम बेनीबाट शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात छ। रघुगङ्गा गाउँपालिका( २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा ९रिजाल० गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। 

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ।

‘दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भने।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सीसी क्यामेराले देखाएको दृश्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको उनले बताए। उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ। 

सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी शुरु गरिएको छ।

मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उनले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकीन गर्न कठिनाइ भएको बताए। 

सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उहाँहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पैडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad