ग्लोबल


इजरायल भन्छ : हमासका प्रवक्ता मारिए

इजरायल भन्छ : हमासका प्रवक्ता मारिए

नेपालखबर
भदौ १६, २०८२ सोमबार ८:५, काठमाडौँ

इजरायलले गाजा सहरमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु उबैदा मारिएको बताएको छ। 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा पोस्ट गरी इजरायल रक्षा बल (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी सिन बेटलाई ‘यो उपलब्धि हासिल गरेकामा बधाई’ भनेका छन्।

यद्यपि, हमासले अझैसम्म उबैदा मारिएको पुष्टि गरेको छैन।

प्यालेस्टिनी सशस्त्र समूह हमासले यसअघि आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको र दर्जनौँ नागरिक मारिएको र घाइते भएको बताएको थियो।

स्थानीय पत्रकारहरूले गाजा सहरको घना बस्ती भएको अल-रिमल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र बालबालिकासहित २० जना घाइते भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad